२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन कम्पनीको सेयर मूल्य समायोजन

तीन कम्पनीको सेयर मूल्य समायोजन

1K
Shares

काठमाडौं -सोमबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सोमबार एकैदिन दुई विकास बैंक र एक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक र गरिमा विकास बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ८६५.७१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, गरिमा विकास बैंकको पनि ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३७४.४३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य समायोजन भएको छ । ४ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको बैंकको समायोजित मूल्य प्रतिकित्ता ३८६.५४ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij