२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिंगटी हाइड्रो इनर्जीको हकप्रद जारी गर्न बुक क्लोजको मिति तय

सिंगटी हाइड्रो इनर्जीको हकप्रद जारी गर्न बुक क्लोजको मिति तय

1.5K
Shares

काठमाडौं– सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशनको लागि सेयर दाखिला बन्द हुने मिति (बुकक्लोज) तोकेको छ । कम्पनीको पुस १३ गते शुक्रबार बिहानको ९ः३० बजे सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि पुस २२ गते आइतबार एक दिनका लागि बुकक्लोज हुने छ ।
बुकक्लोज अनुसार सिंगटी हाइड्रो इनजी लिमिटेडले जारी गर्ने हकप्रदमा पुस १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीलाई एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न पुस ११ गते बुधबार अनुमति दिएको छ । यससँगै अब सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । अब कम्पनीले विद्यमान सेयरधनीका लागि मिति ताेकेर एक बराबर एक कित्ता अनुपातमा हकप्रदको निष्कासन खुला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij