२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

745
Shares

काठमाडौं – बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij