२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारले बालकुमारी घटनाका मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ दिने

सरकारले बालकुमारी घटनाका मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ दिने

870
Shares

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो ।

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij