२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

1.2K
Shares

काठमाडौं – नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित भएको छ ।

यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड ४७ लाख रुपैयाँ छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४१ लाख रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, सभाले भूकम्पपीडितलाई राहत स्वरुप २५ लाख रुपैयाँ प्रदान गरिएकोमा सो को अनुमोदन गर्ने प्रस्तावलाई पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८० साल कार्तिक १७ गते जाजरकोटको बारेकोट गाँउपालिका वडा नं ०१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मार्फत राहत स्वरुप उक्त रकम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij