२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार केपी आचार्यको ‘कलिलो यौवन’ सार्वजनिक

गीतकार केपी आचार्यको ‘कलिलो यौवन’ सार्वजनिक

940
Shares

काठमाडौं– गीतकार केपी आचार्यको नयाँ गीत ‘कलिलो यौवन’ सार्वजनिक भएको छ । प्रबिन वेडवालको स्वर, इन्द्रराज परियारको सङ्गीत र आदेश गरुमाचनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजयराज भुर्तेलको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा समीक्षा पोखरेल, गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ । गीतमा प्रेम र प्रेमील जोडीबीचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ ।

युदिन योञ्जनको छायांकन रहेको गीतको भिडियोमा समीर राईको कन्सेप्ट रहेको छ । आफूलाई माया गरेको प्रेमीलाई जीवनमा सजाउने सपना राख्दा राख्दै जीवन त्यग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij