२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भूगोल इनर्जीको साधारण सभा माघ ६ गते

भूगोल इनर्जीको साधारण सभा माघ ६ गते

1.2K
Shares

काठमाडौं – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले माघ ६ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालकको निर्वाचन लगायत विविध प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij