२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपर तामाकोशी हाइड्रोपावरको १ करोड ७० लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अपर तामाकोशी हाइड्रोपावरको १ करोड ७० लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

2.9K
Shares

काठमाडौं – अपर तामाकोशी हाइड्रोपावर लि.को आज शुक्रबार देखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन्।

यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij