२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा सामान्य गिरावट, यी हुन उच्च कारोबार भएका १० कम्पनीहरु

सेयर बजारमा सामान्य गिरावट, यी हुन उच्च कारोबार भएका १० कम्पनीहरु

825
Shares

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.९३ अंकले घटेर २०६८ को विन्दुमा कायम हुन पुगेको छ । आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको १३ करोड ४३ करोडको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij