२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोजगारी, शान्ति मिसन र अध्ययनमा जानेले तीन दिनभित्रै लाइसेन्स पाउने

रोजगारी, शान्ति मिसन र अध्ययनमा जानेले तीन दिनभित्रै लाइसेन्स पाउने

645
Shares

काठमाडौं– यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ।
यसबाहेक विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको छ। बुधबार विभागले एक सूचना जारी गर्दै लाइसेन्स शिघ्र प्रिन्टका लागि पुस १५ गतेदेखि आवेदन दिन सकिने जनाएको छ। शिघ्र प्रिन्टका लागि विभागले आफ्नो अनलाइन लाइसेन्स प्रणालीको पोर्टल मार्फत् आवेदन दिन आग्रह गरेको छ।

निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र स्मार्ट कार्ड सेवाग्राहीले पाउने पनि सूचनामा भनिएको छ। सूचनामा भनिएको छ, ‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij