२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

765
Shares

काठमाडौं- युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको काठमाडौं कमलादीस्थित कार्यालयमा आज दुवै पक्षबीच हकप्रद शेयर निष्कासनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा युनाइटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्रबल्लभ पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलमार्फत निकट भविष्यमा युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद शेयर साधारणसभाबाट पारिद भएपश्चात निष्कासन हुनेछ। युनाइटेड मोदी हाइड्रोपावरअन्तर्गतको पर्वत जिल्लास्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी–१ जलविद्युत आयोजना’ २०६९ मंसिरदेखि नै सञ्चालनमा आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij