२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

1.1K
Shares

काठमाडौं – काठमाडौँ महानगरपालिकाले अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधवार काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ।

‘बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्द्ध केन्द्रलाई शोध भर्ना गर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण किनिरहेको छ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् ।

अब महानगरपालिकाभित्रका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्र्तगको स्वास्थ्य उपचार दिन थाल्नेछन् । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरूमा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij