२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी स्टील्सले आइपीओ निष्काशन गर्ने

लक्ष्मी स्टील्सले आइपीओ निष्काशन गर्ने

1.2K
Shares

काठमाडौं – लक्ष्मी स्टील्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १४ दशलमव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ८१ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले उक्त लाभांश पारि गर्नका लागि पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर, काठमाडौंमा उक्त दिन अपराह्न १२ बजेदेखि शुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij