काठमाडौँ – जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। साबिकको जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड २०७९ असार ३१ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारणतर्फको समेत हिस्सा कायम गर्न सेयर निष्कासन गर्न लागिएको कम्पनीले जानकारी दिएको हो।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित पुस २८ गते शनिबार कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौँमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभामा बोलाएको हो ।
सभामा गत आर्थिक वर्ष २०७९ र ०८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई स्वीकृति दिने प्रस्ताव समेटिएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij