२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जगदम्बा हस्पिटालिटीले आइपीओ निष्काशन गर्ने

जगदम्बा हस्पिटालिटीले आइपीओ निष्काशन गर्ने

2K
Shares

काठमाडौं – जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते प्रथम वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

त्यस्तै, संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तीको प्रस्ताव पारित गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ । संचालक समितिका निर्णयहरु अनुमोदन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij