२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको साधारण सभा पुस २९ गते

नेपाल बैंकको साधारण सभा पुस २९ गते

720
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडले ६४औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij