काठमाडौं – बजार घट्दा आज १६१ कम्पनीको शेयरभाउ घटेको छ भने ७९ कम्पनीको बढेको छ। ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
शेयर बजार फेरि २१०० तल झरेको छ। नेप्से परिसूचक आज २१.०३ अंकले घटेर २०८८.०७ को विन्दुमा आर्लेको छ। आज नेप्सेमा सूचीकृत ३०९ कम्पनीका १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९.८० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० मा ३ वटा बीमा कम्पनी परेका छन्। शिवम सिमेन्टः ३० करोड ४३ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः २९ करोड ५० लाख रुपैयाँ, सोनापुर मिनरल्सः २८ करोड १९ लाख रुपैयाँ, घोराही सिमेनटः २२ करोड ५२ लाख रुपैयाँ, आइएमई लाइफः १९ करोड ३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सः १८ करोड २ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः १६ करोड ९३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः १५ करोड ३४ लाख रुपैयाँ, नेपाल टेलिकमः १३ करोड २० लाख रुपैयाँ, सोल्टी होटलः १२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij