काठमाडौं – प्राइम कमर्सियल बैंकले १६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटर्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। उक्त आर्थिक वर्षका लागि भने बैंकले शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ।
सभाले प्राइम बैंक र अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतबल पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको साधारणसभामा भाग लिन पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij