२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको साधारण सभा पुस २९ गते

हिमालयन बैंकको साधारण सभा पुस २९ गते

950
Shares

काठमाडौं– हिमालयन बैंक लिमिटेडले पुस २९ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले सर्वसाधारण शेयरधनीको शेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्काशन गर्ने, एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij