२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सको साधारण सभा पुस २८ गते

समृद्धि फाइनान्सको साधारण सभा पुस २८ गते

1000
Shares

काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले २२औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा होटेल एभोकाडो आर्किड रिसोर्ट हेटौंडा मकवानपुरमा बिहान १० जो शुरु गर्ने जानकारी दिएको हो ।
सभाले गत अर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले यस संस्थालाई कुनै बैंक,विकास बैंक तथा वित्तीय सस्थासँग एक आपसमा गाभ्ने र गाभिने तथा मर्जरको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij