२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रि इन्स्योरेन्सको आईपीओ कहिले बाँडफाँड ?

हिमालयन रि इन्स्योरेन्सको आईपीओ कहिले बाँडफाँड ?

34.1K
Shares

काठमाडौँ – हिमालयन रि इन्स्योरेन्सको आइपिओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आइपिओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार अर्को साता आइपिओ बाँडफाँड गरिने जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.२९ गुणा बढी आवेदन हो । यसमा दिने सबै आवेदकले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।

कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij