२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत लाभांश पारित

एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत लाभांश पारित

1.4K
Shares

काठमाडौं – एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न लघुवित्तको छैठौँ वार्षिक साधारण सभाले प्रस्तावित १५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बिहिबार धरान उपमहानगरपालिका वडा नं. १२ सुनसरीमा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ ।

साथै, सभाले संस्थाको सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभामा सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् । नवनियुक्त सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij