२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मेडिकेयर हस्पिटलको लाभांश घोषणा

मेडिकेयर हस्पिटलको लाभांश घोषणा

1.7K
Shares

काठमाडौं – मेडिकेयर हस्पिटलले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ६३.१४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४८.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४.३४ प्रतिशत नगद गरी कूल ६३.१४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौंको धुम्बाराहीमा बिहान ११ बजे २६औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभाले चुक्ता पुँजी वृद्धिपश्चात् हाल कायम संस्थापक सेयरधनीहरूलाई १२ प्रतिशत अर्थात् ४ करोड ८२ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij