२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण भ्याली हाइड्रोपावरले लाभांश नदिने

अरुण भ्याली हाइड्रोपावरले लाभांश नदिने

815
Shares

काठमाडौं- अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीले यस वर्ष लाभांश प्रस्ताव विनानै वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चाल समितिको बैठकले पुस २९ गते इन्द्रेणी कम्प्लेक्स , नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै कम्पनीको चुक्तापूँजी बृद्धि गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij