२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी केबल कारले आईपीओ निष्कासन गर्ने

लुम्बिनी केबल कारले आईपीओ निष्कासन गर्ने

2.2K
Shares

काठमाडौं – लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको छ ।

सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुनेछ । साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij