२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिथिला लघुवित्तको साधारण सभा पुस २८ गते

मिथिला लघुवित्तको साधारण सभा पुस २८ गते

795
Shares

काठमाडौं–  मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते, न्यू पौवा होटल एण्ड गेष्ट हाउस, मिथिला नगरपालिकामा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १६ गते सोमबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij