२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फारवेस्टर्न एग्रो जाइन्टको साधारण सभा पुष २५ गते

फारवेस्टर्न एग्रो जाइन्टको साधारण सभा पुष २५ गते

1.4K
Shares

काठमाडौँ – फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएकोछ । कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनी कै रजिष्टर्ड कार्यालय अमरगढी न.पा. १ मौरडा डडेल्धुरामा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।

साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij