२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषदबाट सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका स्वीकृत

मन्त्रिपरिषदबाट सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका स्वीकृत

870
Shares

काठमाडौं – सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो।

उक्त निर्देशिका सामाजिक समितिबाट पेश भएको थियो। राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै सामाजिक समितिबाट पेश भएका अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ ‍पनि स्वीकृत भएको छ।

बैठकले राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij