काठमाडौं – निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक बीच बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख मन्दिरा थपलिया र कुमारी बैंक लिमिटेडको प्रमुख लगानी र बजार अधिकृत चन्दन कार्कीलगायत कोष र बैंकका अन्य अधिकृतहरुको उपस्थिति थियो। सम्झौतापत्रमा हस्ताक्षर भएसँगै कम्पनीले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा लगानी भएको अधिकतम ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। यससँगै पूँजी अभावका कारण व्यवसाय विस्तार गर्नमा कठिनाईको सामना गरिरहेका सूचना प्रविधि कम्पनीहरुलाई सहज रुपमा कर्जा प्राप्त हुने विश्वास गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij