काठमाण्डौ – धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता भएको छ ।
सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर गरेका छन्। बोर्डका अनुसार उक्त्त सम्झौताको मुख्य उद्देश्यमा विशेष गरि नेपालमा Nepal Sustainability Reporting Standards (NSRS) को विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको छ।
धितोपत्र बोर्डले नेपालको सन्दर्भमा Sustainability Reporting नवीन अवधारणा हो, जसले व्यवसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुने बताएको छ। साथै उसले यसबाट वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्ने बताएको छ। विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij