काठमाडौं – शेयर बजारमा आज दोहोरो अंकको करेक्सन आउँदा कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा सूचीकृत ५० कम्पनीको शेयरभाउ बढ्दा १९१ कम्पनीको घटेको छ भने ३ वटाको स्थिर रहेको छ। आज ३०४ कम्पनीका १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११.९० रुपैयाँमा कारोबार भएका छन्।
आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा बीमा सेक्टरबाट रिलायबल नेपाल लाइफमा मात्र पर्न सफल भएको छ। आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। शिवम सिमेन्टः ३० करोड ६८ लाख रुपैयाँ, सोनापुर मिनरल्सः २५ करोड ४७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः २० करोड ६ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः १५ करोड ३६ लाख रुपैयाँ, घोराही सिमेन्टः १५ करोड २३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफः १३ करोड ४३ लाख रुपैयाँ
युनिभर्सल पावरः १३ करोड ३४ लाख रुपैयाँ, माउन्टेन इनर्जीः १२ करोड ७९ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाः ११ करोड ९३ लाख रुपैयाँ
चिलिमे हाइड्रोपावरः ११ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij