काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको १ लाख ११ हजार ९८० पटकको कारोबारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज बोटलर्स नेपाल बालाजू, आशा लघुवित्त, धौलागिरी लघुवित्त, विपीडब्लु लघुवित्त र चिरख्वा हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij