काठमाडौं– नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान अधिवेशन गर्ने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो। विधान अधिवेशनअघि विधानको मस्यौदा बनाउन सात सदस्यीय मस्यौदा समिति सचिवालयले बनाएको छ। समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा सचिवहरू राम कार्की र गणेश साह छन्।
मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार पारेर १ महिना जिल्ला जिल्लामा छलफल चलाउन बैठकले निर्देशन दिएको छ । यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूका आकांक्षीहरूको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij