काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बुधबार (पुस ४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापुँजीको ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७.१४ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ५१ करोड ८७ लाख ६८ हजार ७०५.७२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ९.५ प्रतिशतले हुन आउने ४९ करोड २८ लाख ३० हजार २७०.४३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने २ करोड ५९ लाख ३८ हजार ४३५.२९ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij