काठमाडौं– सान्जेन जलविद्युत कम्पनी लिमिटेडले पुस २९ गते, आइतबार, कार्की पार्टी प्यालेस, सुकेधारा, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले कम्पनीको नियमावली संशोधन सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधाका सम्बन्धमा, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुकक्लोज गर्नेछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij