२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मध्य भोटेकोशी जलविद्युतको साधारण सभा पुस २७ गते

मध्य भोटेकोशी जलविद्युतको साधारण सभा पुस २७ गते

1.8K
Shares

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पुस २७ गते, शुक्रबार, कुण्डलिनी दरबार बैंक्वेट, चण्डोल, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्म रकमभन्दा बढी हुने गरी लिइएको ऋणको सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधाका सम्बन्धमा, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्नेछ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij