२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकद्वारा लाभांश पारित गर्न साधारणसभा आह्वान

लुम्बिनी विकास बैंकद्वारा लाभांश पारित गर्न साधारणसभा आह्वान

1K
Shares

काठमाडौं – लुम्बिनी विकास बैंकले १६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बुधबार पुस ४ गते बसेको बैठकले वार्षिक साधारणसभा पुस २६ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ८.५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने बोनस शेयर र ४.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) छन्। सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरु यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij