२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.8K
Shares

काठमाडौं– आज पुस ५ गते बिहीबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भोली अर्थात पुस ६ गते र चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आइतबार अर्थात पुस ८ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस १७ गते, मंगलबार, अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, चिलिमे हाइड्रोपावर कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी पुस २० गते शुक्रबार २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले वितरण गर्ने लाभांशमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ। कम्पनीको साधारण सभा राष्ट्रिय सभा गृह, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij