२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लाभांश पारित गर्न शिवम् सिमेन्टको साधारण सभा आव्हान

लाभांश पारित गर्न शिवम् सिमेन्टको साधारण सभा आव्हान

1.9K
Shares

काठमाडौं – शिवम् सिमेन्टले आगामी पुस २७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ९ बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको हो ।

सभामा कम्पनीले लाभांश प्रस्ताव लैजाँदै छ । जसअनुसार सभाले कम्पनीको १४.२७ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै छ ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित उक्त लाभांश पारित भएपछि पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij