२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

975
Shares

काठमाडौं – शेयर बजार मापक नेप्से सूचक लगातार सात दिनदेखि बढ्दो क्रममा देखिएको छ। बुधबार पनि नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको छ। सात ७ दिनमा नै नैप्से सूचक १९३ अंकले बढेको छ।

नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ। बुधबार ७ अर्ब ९५ लाख रुपैयाँको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ।
यस दिन लगानी र उत्पादनमूलक उपसमूहको कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। बुधबार लगानी तथा प्रशोधन उपसमूहको सूचक ७.१५ प्रतिशतले बढेको छ जसमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता लगानी उपसमूहको सूचक पनि ६.९२ प्रतिशतले बढेको छ जसमा २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बुधबार निर्जीवन बीमा र होटल उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।

शेयर बजार बढेसँगै शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज प्रतिकत्ता ६१३ रुपैयाँका दरले ३७ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको २० करोड १५ लाख रुपैयाँ, हिमालय दोलखा हाइड्रोपावरको १८ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij