काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) सचेत गराउदै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो । लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगरेको भन्दै नेप्सेले रोकिदिएको लघुवित्तको सेयर कारोबार बुधबार अर्थात पुस ४ गतेबाट फुकुवा भएको हो ।
कम्पनीले पुस २ गते नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएको भन्दै आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता गरेपश्चात नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनीलाई नेप्सेले लाभांश घोषणा सम्बन्धि जानकारी समयमा उपलब्ध नगराएको भन्दै कम्पनीलाई कारणसहित तीन दिने स्पष्टिकरण सोधेको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij