२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजको विदेशी विनिमयदर

आजको विदेशी विनिमयदर

750
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको छ । आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ २० पैसा र बिक्रीमा १४५ रूपैयाँ ८६ पैसा पाइन्छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ १८ पैसा र बिक्रीमा ९ रूपैयाँ २२ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३७ पैसा र बिक्रीदर २८ रूपैयाँ ५० पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८५ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij