२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

1.4K
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको करिब पौने २ लाख कित्ता शेयर आज पुस ४ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij