२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठानद्वारा मानार्थ सदस्य प्रदान

राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठानद्वारा मानार्थ सदस्य प्रदान

2K
Shares

काठमाडौँ – ‘राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान’ नेपालको अध्यक्षमा नमराज ढुंगाना चुनिएका छन् । संस्थाको हालै आयोजित महाधिवेशनबाट ढुंगानाको नेत्तृृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। प्रतिष्ठानले राजधानीमा एक कार्यक्रम गर्दै नयाँ कार्यसमिति सार्वजनिक गरेको हो।


नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष राम कुमार केसी, उपाध्यक्ष मिना थापा, महासचिव चन्द्रमणी गौतम, सचिव सागर लम्साल बले, स–सचिव भिमसेन खतिवडा कोषाध्यक्ष कुसुम दुलाल सिम्रन, स–कोषाध्यक्ष बिष्णु तामाङ, सदस्यमा सुर्यमणि आचार्य, शोभा थापा, शिवराम भन्डारी, बाबुराम भट्टराई रहेका छन् ।

प्रमुख अतिथि राजेन्द्र प्रसाद पाण्डे ९संसदर पूर्व मुख्य मन्त्री ९बागमती प्रदेश०, सरिता लामिछाने (अभिनेत्री ) र निशु झा (इभेन्ट निर्देशक ), दिपक शर्मा (संगीतकार )  लगायतका ब्यक्तिको उपस्थिती रहेको कार्यक्रममा नव निर्वाचित अध्यक्षले संस्थालाई प्रदेशिक संरचनामा लैजाने बताए ।

कार्यक्रममा संस्थाले मानार्थ सदस्य समेत बितरण गरेको थियो । जसमा निर्देशक सुदर्शन थापा, गायक आर्जन पाण्डे, कलाकार प्रेम पाण्डे, गायक नविन कुमार पौडेल, कलाकार तेज बहादुर गिरी, कोरियोग्राफर कृष्ण रसाल, मोडल रुबिना अधिकारी, मेकअप आर्टिस गीता पौडेल, गायक सीडी बिजय अधिकारी, गायक नारायण बहादुर थापा, निर्देशक निरेन श्रेष्ठ लगायतले संस्थाको मानर्थ सदस्यता प्राप्त गरे । त्यस्तै शुभास बजागाई र शंकर भट्टराईलाई कार्यक्रममा आजिवन सदस्य बितरण गरिएको थियो ।

‘राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान’ बहुजातीय, बहुभाषी तथा बिबिध साँस्कृतिको संरक्षण गर्ने उदेश्यले स्थापना भएको हो । २२ बर्ष अगाडि शिवनारायण जोशीको अध्यक्षतामा गठित प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष ढुंगाना यस अगाडि महासचिव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij