२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरुडे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेरुडे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

895
Shares

काठमाडौँ – नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २६ हजार ६६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष ३ गते) ले ७ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रारक आरबिबि मर्चेन्ट टेकु काठमाडौँमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij