काठमाडौं – कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ। यो करिब ५ महिना यताकै उच्च हो। यस अघि गत साउन ११ गते नेप्से परिसूचक २१२६.४८ विन्दुमा रहेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ।
यस दिन ३१३ स्टकको ९९ हजार ६४१ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
शेयर बजार बढेसँगै मंगलबार कारोबार भएका कम्पनीहरु मध्ये ११ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन अन्य ५ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij