२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीर अस्पतालका निर्देशक पौडेलका रिटमा निर्णय कार्यान्वयनमा रोक

वीर अस्पतालका निर्देशक पौडेलका रिटमा निर्णय कार्यान्वयनमा रोक

1.3K
Shares

काठमाडौं – वीर अस्पतालका निर्देशकबाट हटाइएका सन्तोष पौडेलको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

आफूलाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा सरुवा गर्ने निर्णयविरुद्ध डा. पौडेलले गएको मंसिर १८ गते रिट दायर गरेका थिए । उनले रिटमा आफू नियुक्त भएको पदमा पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गरेका थिए ।

अब अदालतबाट अन्तिम आदेश नहुँदासम्म उनले निर्देशककै रूपमा काम गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij