२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धेरै नाफा कमाउनेमा मुक्तिनाथ शीर्ष स्थानमा, कुनले कति कमाए ?

धेरै नाफा कमाउनेमा मुक्तिनाथ शीर्ष स्थानमा, कुनले कति कमाए ?

2.5K
Shares

काठमाडौं – चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकले कुल डेढ अर्ब रुपैयाँ माथि नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ८ वटा विकास बैंकले कुल १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। उच्च नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ। चालु आवको कात्तिक मसान्तसम्ममा आइपुग्दा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले कमाएको छ । यो बैंकले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।

यसैगरी धेरै नाफा कमाउनेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक दोस्रो स्थानमा रहेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले २५ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गरिमा विकास बैंक २४ करोड ४ लाख रुपैयाँ खुद नाफाका साथ तेस्रो स्थानमा रहेको छ।

यो ४ महिनामा लुम्बिनी विकास बैंकले १८ करोड १० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंक ले १७ करोड १५ लाख रुपैयाँ र कामना सेवा विकास बैंकले १७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

यसैगरी ज्योति विकास बैंकले ११ करोड २० लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड २० लाख रुपैयाँ नाफा कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij