काठमाडौं – नेपाली बजारमा सुन मुल्य मंगलबार बढेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउभने घटेको छ । मंगलबार चाँदी ५ रुपैयाँले सस्तिएर प्रतितोला १ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
?
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij