२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश घोषणा

हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश घोषणा

2K
Shares

काठमाडौं -हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ नगद लाभांश छन्।

यसैगरी कम्पनी प्रस्तावित लाभांश पारित गर्न आफ्नो १५ औँ वार्षिक साधारणसभा पनि यही पुस २६ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij